महासंघका अध्यक्षमाथिको दुव्र्यवहारको सर्वत्र विरोध, दोषीलाई कारवाहीको माग – Kanika Khabar
Friday, December 13Nepali News Portal

महासंघका अध्यक्षमाथिको दुव्र्यवहारको सर्वत्र विरोध, दोषीलाई कारवाहीको माग

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ ।
पत्रकार महासंघका दाङ शाखाका अध्यक्ष सविन प्रियासनमाथि भएको दुव्र्यवहारको सर्वत्र विरोध गरिएको छ । घोराही-१५ न्यूरोड निवासी साजन भण्डारीलगायत केही युवाले अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार गरेका भन्दै उक्त घटनाको छानबिन गरेर दोषीलाई कारवाही गर्न महासंघले स्थानीय प्रशासनसँग माग गरेको हो ।
महासंघका सचिव भूपेन्द्र वलीले शुक्रवार जारी गरेको विज्ञप्तिमा अध्यक्ष प्रियासनमाथिको दुव्र्यवहार सिंगो दाङको पत्रकारितामाथिको आक्रमण भएको उल्लेख गरिएको छ । जेठ २९ गते घोराही-१४ सहिद लखनपार्क नजिक महासंघ अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार भएको थियो । स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आइदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुगेका थिए । अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा भण्डारीलगायत युवाले अराजकतापूणर् तरिकाले दुव्र्यवहार गरेका हुन् ।
यसैबीच प्रेस युनियन र प्रेस संगठन दाङले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर अध्यक्ष प्रियासनमाथि भएको घटनाको विरोध गरेका छन् । प्रेस संगठन दाङका संयोजक प्रकाश चौधरी र सहसंयोजक जेएन सागरले जारी गरेको विज्ञप्तिमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पाँच नं. प्रदेश संयोजक एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरिएको छ । ‘असहमतिका कुरा आपसी छलफलबाटै समाधान गर्न सकिने हुँदाहुँदै सहजीकरणका लागि बोलाएर प्रियासनमाथि गरिएको दुव्र्यवहार सिंगो पत्रकार र सञ्चारजगतमाथिकै दुव्र्यवहार भएको महसुस हामीले गरेका छौं’, विज्ञप्तिमा उल्लेख छ । त्यसैगरेर नेपाल प्रेस युनियन दाङले पनि महासंघका अध्यक्ष प्रियासनमाथि भएको घटनाको भत्र्सना गरको छ । युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले विज्ञप्ति जारी गरेर सबै पक्षको विश्वासिलो नागरिक समाजको रूपमा रहेको नेपाल पत्रकार महासंघ र त्यस्को नेतृत्वले जिल्लाका कुनै पनि स्थानमा पर्ने गरेका समस्याको समाधानका लागि सहजीकरण गर्दै आएको र उक्त दिन पनि सो कार्यमा खटिएको समयमा केही उच्छृंखल व्यक्तिहरूले संस्थाकै मानमर्दन हुनेगरी अध्यक्षमाथि दुव्र्यवहार सहित अध्यक्ष प्रियासन चढेको मोटरसाइकलको चाबी जबर्जस्ती खोसी नियन्त्रणमा ल्याउने कार्य आफैमा आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ । पत्रकारहरूको मनोबल गिराउने गरी धम्की दिने व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न पनि युनियनले माग गरेको छ । त्यसैगरेर महिला पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मी आचार्यले पनि विज्ञप्ति जारी गरेर महासंघका अध्यक्ष प्रियासनमाथि भएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्