आन्तरिक मूल्याङ्कनको तयारीमा विद्यालयहरू – Kanika Khabar
Thursday, April 16Nepali News Portal

आन्तरिक मूल्याङ्कनको तयारीमा विद्यालयहरू

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ

यसबर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) नहुने भएपछि नीजि तथा सामुदायिक विद्यालयका शिक्षकहरूको आकस्मिक बैठक बस्न थालेको छ । विद्यालयले यसअघिका परीक्षामा दिएको अङ्कले विवाद सृजना हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दे विद्यालयहरू विद्यार्थीको स्तरोन्नतीको तथ्याङ्क हेरफेरमा लागेका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलका अनुसार अब सम्बन्धित विद्यालयकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि लिइएको टेस्ट परीक्षाको मूल्याङ्कन एउटा महत्वपूर्ण आधार हुने भनिएको छ ।

तर कार्यविधी राम्रो नभए मापनको आधारमा वैधता नहुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेलले बताउनुभयो । सीआईएनसँग कुरा गर्दै उहाँले अहिलेसम्म राम्रो छवि बनाएको नेपाली लब्धाङ्क पत्र विश्वभर बिक्न सक्ने विश्वसनिय हुनुपर्ने बताउनुभयो ।

एसईई नहुने निर्णयले देशभरका चारलाख ८२ हजार २ सय १९ विद्यार्थी प्रभावित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्