संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको हृवीप – Kanika Khabar
Thursday, April 25Nepali News Portal

संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको हृवीप

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३१, काठमाडौं ।
नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले हृवीप जारी गरेको छ ।
शनिबार संसदमा अनिवार्य उपस्थित हुन र संविधान संशोधन विधेयकको पक्षमा अनिर्वाय मतदान गर्न कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले निर्देशन दिएको छ ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । र, शनिबार नै विधेयक पास गर्ने तयारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्