दुई महिनामा हुने वर्षात केही घण्टा मै । – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दुई महिनामा हुने वर्षात केही घण्टा मै ।

    मा प्रकाशित

फ्रान्सको दक्षिणी आइल्याण्ड कोर्सिकामा मुसलधारे वर्षात पश्चात आएको बाढिले त्यहाँको स्थिति असामान्य भएको छ ।

एक्कासी परेको वर्षातको कारणले आएको बाढीले मानिसहरुलाई के गर्ने भन्ने सोच्ने मौका पनि नदिएको जनाइएको छ । जसले कारहरुलाई बगाएको र अन्य धेरै कुराहरुमा क्षती समेत पर्‍याएको छ । त्यहाँ छोटो समयमा १२० मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ ।
सामान्य तया यति पानी त्यहाँ २ महिनामा हुने गरेको थियो । विहानको समयमा आधा घन्टामा ४० मिलिमिटर वर्षात भएको थियो । दिउँसोको समयमा वर्षातको दर बढेको थियो ।
दमकल विभागले उद्धार गरेर मानिसहरुलाई सुरक्षित स्थानमा पुर्‍याएको थियो भने उद्धारको क्रममा केही दमकलकर्मीहरु घाइते भएका थिए । त्यहाँको अवस्था खराव भएपछि विद्यालयहरु बन्द गरिएका छन् भने मौषम विभागले सप्ताअन्तमा भिषण वर्षातको चेतावनी समेत दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्