नेपालको नक्सा सम्बन्धि विधेयक पारितमा भारतको आपत्ति – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

नेपालको नक्सा सम्बन्धि विधेयक पारितमा भारतको आपत्ति

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ ।
आज नेपालको प्रतिनिधिसभाबाट लिम्पियाधुरासहितको नक्सा पारित भएपछि भारतले आपत्ति जनाएको छ । भारतले नेपालको निर्णयप्रति आपत्ति जनाउँदै नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको हो ।
आज शनिबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समावेश हुनेगरी नेपालको नक्सा परिवर्तन गर्दै संविधान संशोधन विधेयक पारित गरेको हामीलाई जानकारीमा आएको छ । यसबारे हामीले आफ्नो अडान पहिल्यै प्रस्ट पारिसकेका छौं । कृत्रिम विस्तारको यो दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित र स्वीकार्य छैन । यसले विद्यमान सीमा समस्याबारे वार्ता गर्ने हाम्रो वर्तमान बुझाईलाई पनि उल्लङ्घन गरेको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्