पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ६ जना बेपत्ता – Kanika Khabar
Friday, April 26Nepali News Portal

पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ६ जना बेपत्ता

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, कुश्मा ।
पर्वतको कुश्मा नगरपालिका-३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । साथै पहिरोमा परी ६ जना बेपत्ता छन् ।
पहिरोमा परी दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीका अनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा रहेका छन् ।
बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्