दुर्घटनामा परी एक जनाकाे मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

दुर्घटनामा परी एक जनाकाे मृत्यु

    मा प्रकाशित

कनिका खबर

जेठ ३२, दाङ ।

गए राति दाङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर १ बोझपोखरामा शनिबार राति करिब ८ बजेतिर भएको दुर्घटनामा ट्रयाक्टर चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ७ हाँसीपुरका २० वर्षीय रामबहादुर बुढाको आइतबार बिहान करीव पौने ४ बजे उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दाङबाट विद्युतको पोल लिएर प्यूठान तर्फ जाँदै गरेको रा १ त २७७५ नम्बरको उक्त ट्रयाक्टरका सहचालक प्यूठान, स्वर्गद्वारी नगरपालिका सिमिलेका वर्ष १८ का भेषराज घर्ती मगर र अर्का बंगलाचुली गाउँपालिका वडा नम्बर १ बाह्रबीसेका ३२ वर्षका ईश्वर जिसी घाइते भएका छन् । उनीहरुको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्