एमसीसीबारे छलफल गर्न आज नेकपाको सचिवालय बैठक बस्दै – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

एमसीसीबारे छलफल गर्न आज नेकपाको सचिवालय बैठक बस्दै

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, काठमाडौँ ।
अहिले बहसमा र विरोधमा रहेको एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
सम्भवतः आजको बैठकबाट नेकपाले एमसीसीबारे टुंगो लगाउने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्