आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।
आज देशका सबै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रदेश १ र २ का एक-दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।
प्रदेश ६ र ७ मा हल्का वर्षा भइरहेको छ, दिउँसो देशका अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना देखिएको श्रेष्ठको भनाइ छ । काठमाडौं उपत्यकामा अहिले आंशिक बदली छ, तर केही बेरपछि मौसम पूणर् बदली भई आकाश पूरै बादलले ढाकेर दिउँसोतिर मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । राति प्रदेश २, गण्डकी, ५ नम्बर र कणर्ाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र कणर्ाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्