भारतको जोखिम हेरेर लकडाउनको निर्णय – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतको जोखिम हेरेर लकडाउनको निर्णय

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ११, काठमाडौँ ।
सरकारले कोभिड १९को जोखिम न्यूनीकरणका लागि थपेको आउँदो सोमबार सकिदै छ । अब लकडाउनको अवधि लम्बिने या नलम्बिने भन्ने बारे कुनै टुङ्गो लागेको छैन । एकातिर नेपालमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ भने छिमेकी मुलुक भारतमा जोखिम झन डरलाग्दो अवस्थामा बढिरहेको छ ।यसैबिच आज (बिहीबार) नेपाल सरकारले भारतमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने या नगर्ने विषयमा निर्णय गर्ने भएको जनाएको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भनेका छन्, ‘जोखिमको अवस्था नहेरी एकपक्षीय ढङ्गले निर्णय गर्ने अवस्था रहँदैन ।’

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लकडाउनको समयमा पनि खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको कारण नेपालमा संक्रमणको जोखिम बढेको बताए । सरकारका प्रवक्ता खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्र खुला गर्ने तयारी भइरहेको बताए

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्