कनिका खबर
जेठ ३२, दाङ ।
युरोपेली मुलुकका नागरिकले अबको ६ महिनाभित्र कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । युरोपियन संघमा आबद्ध देशका जनताका लागि आउँदो डिसेम्बरसम्म ४० करोड डोज खोप उपलब्ध गराउने गरी इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डले बेलायतको बायो फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हिजो यस्तो सम्झौता भएको जर्मन सरकारले जनाएको छ । यस्तै इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरन्जाले पनि आफ्नो फेसबुकमार्फत खोप उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिनुभएको छ ।
मा प्रकाशित