बलिउड अभिनेता सुशान्तले आत्महत्या गरे – Kanika Khabar
Friday, April 26Nepali News Portal

बलिउड अभिनेता सुशान्तले आत्महत्या गरे

    मा प्रकाशित

कनिका खबर

जेठ ३२, दाङ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए । उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ । ‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् ।

फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्