अमेरिकामा फेरी अश्वेत नागरिकको हत्या – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

अमेरिकामा फेरी अश्वेत नागरिकको हत्या

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३२, दाङ ।

अमेरिकाको एटलान्टामा प्रहरी कार्वाहीमा अश्वेत नागरिकको मृत्य भएको छ । एटलान्टाको जर्जियामा पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारीले २७ वर्षीय राशार्ड बु्रक्सलाई गोली प्रहार गरेका थिए ।

पछि उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटना पश्चाल एटलान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् भने मानिसहरु घटनाको विरोधमा सडकमा उत्रिएका छन् । जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनका अनुसार, घटना १२को हो । रेशार्ड ब्रुक्स पाकिंग गरेको कारमा सुतिरहेका थिए ।

पुलिस अफिसरलाई उनि नशामा छन् भन्ने लाग्यो । सोधपूछका क्रममा पुलिससंग झगडा भयो । बु्रक्सले एक पुलिस अफिसरको पिस्तोल खोसेर भागे । दोश्रो अफिसरले उनको पिछा गरे । बु्रक्स पछाडी फर्केर पुलिसलाई पिस्तोल ताके त्यसैवेला अफिसरले उनिमाथी गोली चलाए । गत मे २५ मा मिनियापोलिसमा प्रहरीले पक्राउ गर्ने क्रममा सडकमा एक पुलिस अफिसरले घुँडाले जर्ज फ्लोजको गर्धनमा करिव ९ मिनेटसम्म दबाउँदा उनको मृत्यु भएको थियो ।

त्यस पश्चात अमेरिका लगायत विश्वका अन्य देशहरुमा रंगभेद विरुद्धको आन्दोलनहरु चलिरहेको अवस्थामा घटेको यो घटनाले पूनः कस्तो रुप लिने हो त्यो भने समयले बताउला ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्