पाकिस्तान तर्फको कश्मीर पनि भारतको भाग हुन चाहन्छः राजनाथ सिंह – Kanika Khabar
Friday, April 17Nepali News Portal

पाकिस्तान तर्फको कश्मीर पनि भारतको भाग हुन चाहन्छः राजनाथ सिंह

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३२, दाङ ।

भारका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तान प्रशासित कश्मीरका जनताले निकट भविष्य मै उक्त क्षेत्र पनि भारतकै हिस्सा हुन चाहेको माग गर्ने बताएका छन् ।
जम्मु कश्मीरका लागि आयोजना गरिएको भर्चुअल जनसंवाद र्‍यालीलाई आज सम्बोधन गर्दै सिंहले भने– जव पीओकेका जनाता पाकिस्तानको कब्जाबाट स्बतन्त्र हुन र भारतको हस्सा बन्न चाहान्छन,तव यो क्षेत्र एक भारतको अभिन्न हिस्सा हो भन्ने संसदको प्रस्तावना पुरा हुनेछ ।
रक्षामन्त्री सिंहले भने, “हाम्रो सरकार, जम्मू कश्मीरको विकास यसको प्राथमिकता हो भन्ने सन्देश दिन सफल भएको छ। आउँदो पाँच बर्षमा हाम्रो प्रयास यस क्षेत्रको मुहारलाई यति वदाल्ने प्रयास गर्नेछौँ कि पीओकेका मानिसहरूले ईर्ष्या गर्नेछन् । उनीहरुले सोच्ने छनु कि यदि तिनीहरु पनि भारतको भागमा हुन्थ्ये भने उनिहरुको भाग्य पनि बदनिएको हुने थियो ।”
गत वर्ष संसदमा धारा ३७० र जम्मू–काश्मीरलाई केन्द्र शासित प्रदेशमा विभाजन गर्ने विधेयकको प्रस्ताव पारित गर्दै गृहमन्त्री अमित शाहले चीनको कब्जामा रहेको “अक्साई चिन” र “पीओके” भारतको अभिन्न अंग भएको कुरा दोहोर्‍याएका थिए।
संसदले यसभन्दा पहिले पोक भारतको भाग हो भन्ने प्रस्ताव पारित गरिसकेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्