महामारीबाट यसरी बचौं – Kanika Khabar
Friday, March 29Nepali News Portal

महामारीबाट यसरी बचौं

    मा प्रकाशित

कोविभ १९को महामारीबाट बच्नका लागि विश्वका धेरै देशहरुले लकडाउनको विधि अपनाए । लकडाउनलाई एउटा औजारको रुपमा प्रयोग गरिए पनि लामो समयसम्म पनि यसको संक्रमण कम हुने संकेत देखिएको छैन् । केहि देशहरुले यसको नियन्त्रणमा केहि सफलता हात पारेता पनि पूर्ण रुपमा निमूर्ल गर्न भने सकेका छैन् । पहिलो चरणको महामारीलाई रोक्न सफल भएका देशहरुमा पनि दोश्रो चरणका संक्रमणहरु देखा परेका घटनाहरुले अव कोरोना भाइरसलाई तत्कालै निर्मूल पार्न असम्भव भएको देखिएको छ । त्यसका लागि भ्याक्सिनको उपलब्धता एक मात्र विकल्प हो तर त्यो कहिले सम्ममा सर्वसाधारणको लागि उपलब्ध हुन्छ भन्ने कुरा भविष्यको गर्भमै रहेको छ ।

यता लामो समय सम्म लकडाउनलाई निरन्तरता दिदाँ देशहरुको अर्थव्यवस्था नै अस्तव्यस्त हुने अवस्था छ भने अर्कातर्फ दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने वर्गका साथै मध्यम वर्गका करोडौ मानिसहरुलाई पनि रोगले भन्दा भोकले मार्ने सम्भावना दिनप्रतिदिन बढ्दै गएको छ । यस्तो अवस्थामा अव कडा लकडाउनलाई निरन्तरता दिनसक्ने अवश्थामा देशहरु नभएको र बिस्तारै लकडाउनलाई लुजडाउन गर्दै जाने अबस्थामा हाम्रो देशको सरकार पनि रहेको छ ।

कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएको अवस्थामा सरकारले लकडाउनलाई केही खुकुलो पारेर निश्चित व्यवसायहरुलाई संचालन गर्न अनुमति दिएसंगै अव हाम्रो दैनिकी पनि विस्तारै पहिलेको अवस्थामा फर्कनेछ तर कोरोनाको संक्रमणको जोखिम भने कायमै रहेको यस अवस्थामा हामीले उच्च सर्तकता भने अपनाउनु पर्नेहुन्छ ।

हार्वर्ड मेडिकल स्कूलमा इन्फेक्शियस डिजीज एपिडेमियोलोजिस्टको रुपमा कार्यरत असिस्टेन्ट प्रोफेसर जूलिया मार्कसका अनुसार यो अनुमान लगाउन निकै नै गाह्रो छ कि हामीले कसरी संक्रमणको दोश्रो लहरलाई रोक्न सकौला? यसैकारणले जनताहरुलाई ठूलो जोखिमबाट टाढा राख्नको लागि केही सावधानि अपनाउन जरुरी छ । अव हामी मास्क र सामाजिक दुरिको सहित वस्न सिकिसकेका छौँ साथै पटक पटक हात धुने समेत गरिरहेका छौँ भने अव हामीले केही अन्य आधारभूत नियमको पालना गर्नसक्यौ भने हामीले जोखिमलाई कम गर्नसक्छौँ ।
बैज्ञानिक तथा हेल्थ एक्सपर्ट्स ले सुझाएका ५ नियमहरुः
१. आफ्नो क्षेत्रको स्वास्थ्यको अवस्थाको बारेमा जानकार रहनुहोस् :
संक्रमितहरुको संपर्कबाट टाढा रहनको लागि तपाईले आफ्नो क्षेत्रमा कोभिड १९ को अवस्थाकोबारेमा जानकार हुन जरुरी हुन्छ । त्यहाँ कोभिडको संख्या र प्रबृत्तिको बारेमा सुचना लिइराख्नु होला जसले तपाईलाई टेस्टिङ र कन्ट्याक्ट ट्रेसिंगको माध्यमबाट लक्षण वा विना लक्षणका कोभिडका केसहरुको पहिचान कसरी भएको छ भन्ने थाहा हुनेछ ।
यदि लगातार २ हप्तासम्म पनि पोजेटिभ टेस्टिङ दर ५ प्रतिशत वा सो भन्दा कम छ भने अवस्था ठिकठाक छ । यसको अर्थ तपाईको क्षेत्रमा टेस्टिङ राम्रोसंग भैरहेको छ साथै तपाई भाइरसको संम्पर्कमा आउने सम्भावना निकै कम हुनेछ तर सावधानी अपनाउन भने आवश्यक नै रहन्छ ।
२. नजिकका व्यक्तिहरूलाई सीमित गर्नुहोस् :
संक्रमित व्यक्तिले बोल्दा उसको मुखबाट निस्कने छिटाहरुमा कोरोना भाइरस हुनसक्छन् जो सामान्यतया २ मिटरको दुरीपार गर्दासम्म भइमा झर्ने अध्ययनहरुले देखाएका छन् । त्यस कारण भिडभाड नर्गुन वा घर बाहिर भएको बेलामा कम्तिमा २ मिटरको दुरी कायम गर्नु उत्तम उपाय हो । सकिन्छ भने यस्तो वेलामा आफ्ना नजिकका साथिहरुसंगको उठ्बसलाई सकेसम्म कम गर्नु नै बेस हुन्छ । सम्बन्धलाई कायम राख्नका लागि संचारका विभिन्न माध्यमहरुको प्रयोग गरेर नियमित संवादलाई भने जारी राख्दा राम्रो हुन्छ ।
३. आफ्नो बजेट व्यवस्थापन गर्नुहोस :
जोखिम लगातार बढिरहेको छ यस्तोमा हामीले हाम्रो लागि के अत्यावश्यक छ भन्ने कुरा गहन रुपमा विचार गर्नु पर्छ । उदाहरणको लागि अफिसको पार्टीमा जानुको सट्टा आफ्नो परिवारका जेष्ठ सदस्यहरुसंग भेटघाट गर्नुहोस् । भाइरसको जोखिमलाई कम गर्नका लागि खानपानमा विशेष ध्यान पुर्‍याउन आवश्यक हुन्छ ।
घरका प्रत्येक सदस्यले महामरीको कसमयमा आफ्नो वाह्य खर्च कम गर्न कोसिस गर्नु पर्छ । पार्टी भोज तथा वाह्य खानामा बढी खर्च गर्नाले तपाई बजेट असन्तुलन भई पछि आर्थिक समस्या पनि थपिन सक्छ ।
स्टानफोर्ड विश्वविद्यालयका कम्प्युटेसनल सामाजिक वैज्ञानिक तथा मनोविज्ञान प्रोफेसर जोहानेस एस्टेड्टका अनुसार हामीले लामो समयको लागि व्यवस्थापन चरणमा जान यस तरीकाले सोच्नु पर्छ। जहाँ आवश्यक छैन त्यहाँ जोखिम लिनुहोस्। तपाईंको स्वास्थ्य र प्राथमिकताहरूको विरूद्ध कुनै पनि निर्णय लिनुहोस्।
४. जोखिम हुनसक्ने क्रियाकलापलाई छोटो बनाउनुहोस् :
तपाई हामीले यो सोच्न जरुरी छ कि यदी कुनै संक्रमित व्यक्तिलाई भेट्नु पर्ने छ भने कति समय हामी उसंग कति समय व्यतित गर्न सक्छौँ? भर्जिनिया टेकका एयरोसोल वैज्ञानिक लिनसे मारका अनुसार, संक्रमित व्यक्तिको नजिकमा वा वान्टिलेसन बिनाको कोठामा धेरैबेर बस्दा जोखिम बढ्न सक्छ। बन्द कोठाभित्र हुने क्रियाकलापहरुलाई कम गर्नुका साथै सामाजिक क्रियाकलापहरुलाई खुला क्षेत्रमा व्यवस्थित तरिकाबाट संचान व्यवस्था मिलाउ । मास्क लागाउन र सामाजिक दुरी कायम गर्न नविसौँ । कुराकानीलाई लामो नबनाऊ ।
५. लकडाउनको क्रममा लिइएको सावधानीहरूलाई जारी राख्नुहोस् :
समय वित्दै जाँदा मानिसहरुले मास्क लगाउन र सामाजिक दुरी कायम गर्न कुरालाई विर्सन लागेको जस्तो दखिन्छ । यो राम्रो होइन्, यसले भाइरसको संक्रमणको जोखिमलाई बढाउने गर्छ । जुनसुकै अवस्थामा पनि यि नियमहरुको पालना गर्न नछोडौँ ।
– पसल, कार्यालय जस्ता बन्द स्थानहरूमा मास्क लगाउनुहोस्।
– घरका व्यक्तिहरू बाहेक अरूबाट कम्तिमा ६ फिट दूरी राख्नुहोस्। सामाजिक गतिविधिहरू नगर्नुहोस्।
– पटक पटक हात धुनुहोस् र कुनै सतहमा नछुनुहोस् ।
– यदि तपाईको वरिपरी कुनै क्षेत्र उच्च जोखिममा छ भने घर क्वारेन्टाइन अभ्यासलाई कडाईका साथ अनुसरण गर्नुहोस् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्