संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।
भारतद्वारा अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई वैधानिकता दिन हिजो शनिबार प्रतिनिधिसभाबाट पारित संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७’ टेबुल गर्नुभएको हो । प्रतिनिधिसभाबाट सूचनासहित आएको संविधान संशोधन विधेयकमाथि आज नै सैद्धान्तिक छलफल सकेर, संशोधन राख्न ७२ घण्टाको समय दिने तयारी रहेको अध्यक्षको सचिवालयले जनाएको छ ।

भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नक्सा अद्यावधिक गरेपछि अद्यावधिक नक्सालाई निशान छापमा राख्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्