चीनमा फेरि सङ्क्रमित भेटिए – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

चीनमा फेरि सङ्क्रमित भेटिए

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।

चीनमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना भाइरस कोभिड–१९ का संक्रमित फेला परेका छन् । गत अप्रिल १३ यताकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार भेटिएका मध्ये ३८ जना स्थानीय संङ्क्रमित रहेका छन् । जसमध्ये ३६ सङ्क्रमित बेइजिङका छन् । यो चीनको सरकारले राजधानी सहर बेइजिङको तथ्यांक शुरु गरेयताकै सबैभन्दा ठूलो संख्या हो ।

एकदिन अगाडि बेइजिङमा ६ जना सङ्क्रमित फेला परेका थिए । तर, हिजो सहरको दक्षिण पश्चिमी फेंगताई क्षेत्रको एक सहरमा ठूलो संख्यामा गरिएको परीक्षणपछि संक्रमितको संख्यामा वृद्धि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्