तिर्थराज ज्ञवाली
देउखुरी, ३२ जेठ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहीले आइतवार कोरोना भाइरस चेकजाँचका लागि आवश्यक पर्ने भिटिएम आइतबार राप्ती गाउँपालिकालाई प्रदान गरिएको छ ।
फ्लोरेन्स अस्पताल लमहीले २ सय थान भिटिएम राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेको हो । अस्पतालका डा.पुष्प भुसाल र डा. रेगनसिंह थापाको टोलीले गाँउपालिका अध्यक्ष सुवेदीलाई प्रदान गरेको थियो ।
भिटिएम बुझ्दै अध्यक्ष सुवेदीले नागरिकको स्वास्थ्य सुरक्षाको र रोग पत्ता लगाउन सहयोग पुग्ने सामग्रीका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहीलाई धन्यवाद प्रदान गरेका थिए ।
भिटिएम राप्ती गाउँपालिकाको २० वटा क्वारेन्टानमा बसिरहेका ४ सय १७ जना मध्य २ सय जनाको कोराना रहे नरहेको जाच गर्न प्रयोग गरिने भएको छ ।