कोभिड सङ्क्रमण अमेरिकालाई ‘गहिरो आन्तरिक संकट’ : पुटिन – Kanika Khabar
Friday, January 17Nepali News Portal

कोभिड सङ्क्रमण अमेरिकालाई ‘गहिरो आन्तरिक संकट’ : पुटिन

    मा प्रकाशित

एजेन्सी

असार १, दाङ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण र मृत्युदरको उचाईलाई ‘गहिरो आन्तारिक संकट’ को संज्ञा दिएका छन् । आइतबार रुसी सरकारी टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

राष्ट्रपति पुटिनले अप्रत्यक्ष रुपमा अमेरिकाले भन्दा रुसले यो महामारीलाई राम्रोसँग व्यवस्थापन (सामना गरिरहेको) गर्न सकेको टिप्पणी गरे । उनले भने– कुनै रसियन नागरिकले सरकारले यो काम गर्न सकेन भन्न सक्दैनन्, म यो कल्पना गर्न सक्दिन । सरकारले यो व्यवस्थापनको काम गरिरहेको छ ।’ उनले थप भने– ‘मलाई लाग्छ यो परिस्थितिमा पार्टीको चासो समाज र जनताको समस्यामा केन्द्रीत छ ।’
अमेरिकामा अहिलेसम्म बीसौं लाख मानिस कोरोनाबाट संक्रमित रहेका छन् भने १ लाख १५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै रुसमा ५ लाख २८ हजार जना संक्रमित भएका छन् । अमेरिका र ब्राजिलपछि रुस अहिले बढी संक्रमित देशको रुपमा देखिएको छ । रुसमा संक्रमणबाट ६ हजार ९ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्