स्पेनिस ला लिगामा रियल मड्रिडको जित – Kanika Khabar
Friday, April 26Nepali News Portal

स्पेनिस ला लिगामा रियल मड्रिडको जित

    मा प्रकाशित

कनिका खबर
असार १, दाङ ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ ।
कोरोना भाइरसको महामारीले स्थगित लिग सुचारुपछिको आफ्नो पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३—१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।
जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउँदै उपाधि होड कायमै राखेको छ ।
बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलको २८ खेलबाट ५९ अंक छ भने बार्सिलोनाको ६१ अंक रहेको छ । (समाचार एजेन्सीको सहयोगमा)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्