सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग वार्ताको पहल गर्ने – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग वार्ताको पहल गर्ने

    मा प्रकाशित

कनिका डेस्क
असार १, दाङ

लिम्पियाधुरासहित नयाँ नक्साअनुसारको निशानछाप संसद्बाट पारित भएसँगै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग वार्ताको पहल गर्ने भएको छ ।

वार्ताको लागि पहल गर्ने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ भने अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराका बारेमा कागजातलगायत सामग्री सङ्कलन तथा व्यवस्थापनको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाएको छ ।

मन्त्री पद्मा अर्यालले नेपालसँग वार्ता छलफल गरी वर्षौदेखि अतिक्रमण गरेको भूमि नेपाललाई फिर्ता गर्नु नै भारतको हितमा हुने बताउनुभयो । नेपालले आफ्नो भूमि फिर्ताको प्रयास गर्दा भारतले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्