असार २१ सम्म हवाई उडान बन्द – Kanika Khabar
Sunday, May 31Nepali News Portal

असार २१ सम्म हवाई उडान बन्द

    मा प्रकाशित

कनिका डेस्क
असार १, दाङ
व्यवसायिक आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गते (५ जुलाई) सम्मका लागि बन्द भएको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सो दिनसम्म उडान स्थगित गरेको जनाएको हो ।

यसअघि जेठ ३२ गतेसम्म हवाइ उडान प्रतिबन्धित थियो । तर, स्वदेश फिर्ता हुन, उद्दार गर्न, स्वास्थ्य सामग्री ल्याउन तथा सुरक्षाका उडानहरू भने विशेष अनुमति लिएर सञ्चालन हुनसक्ने क्यानले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्