देशभर आज वर्षाको सम्भावना – Kanika Khabar
Friday, March 29Nepali News Portal

देशभर आज वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका डेस्क
असार १, दाङ

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर कुमार श्रेष्ठका अनुसार बेलुका सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ ।

प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र प्रदेश २ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्