कनिका खबर
असार १ दाङ ।
आज नेपालका सात वटै प्रदेशले बजेट विनियोजन गरेका छन् । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७७÷०७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६।२९ प्रतिशत विनियोजन गरिएको छ ।
प्रदेश १सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३।७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।