कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्यायो – Kanika Khabar
Friday, April 19Nepali News Portal

कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्यायो

    मा प्रकाशित

कनिका खबर
असार १ दाङ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना केन्द्रित कार्यक्रमको लागि एक अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने भएको छ । आज प्रदेश सभामा आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले स्वास्थ्य, शिक्षा र खाद्यान्नको लागि कोषबाट बजेट खर्च गरिने बताउनुभयो । मन्त्री ज्वालाका अनुसार प्रदेश अस्पतालमा दुइ सय श्य्याको आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आइसीयु) र २० भेन्टिलेटरसहित सघन उपचार कक्ष बनाइने छ ।

यसका साथै हरेक जिल्ला अस्पतालमा कम्तीमा ५० आइसोलेस बेड, कम्तीमा १० आइसीयु र कम्तीमा पाँच भेन्टिलेटरसहितको सघन उपचार कक्ष तयार पारिनेछ । कोरोना सम्बन्धी जनचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने र यसको लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री ज्वालाले बताउनुभयो । प्रदेश सरकारले कोरोनाको कारण सम्भावित खाद्य संकट नियन्त्रणको लागि आधारभूत खाद्यान्न खरिद र ढुवानीका लागि ५० करोड विनियोजन गरेको छ ।

कृषि, वन, उद्योग, निर्माण एवं रोजगारीलगायत आर्थिक गतिविधिमा शिथिलताा आएको र विदेश र प्रदेश बाहिरबाट नागरिक घर फर्केका कारण खाद्यान्न संकट निम्तिने सरकारको भनाइ छ । एफएम, रेडियो, टेलिभिजन र इन्टरनेट समेतको माध्यमबाट दूरशिक्षा प्रदान गर्न भर्चुअल रिसोर्स सेन्टर (स्रोत केन्द्र) स्थापना गर्नको लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले अन्य मन्त्रालयमार्फत पनि कोरोना केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताललाई तीन सय श्य्याको शिक्षण अस्पतालको रुपमा विकास गर्न १३ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षण अस्पताल सुरु नभएसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालको सहकार्यमा चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी, एमएस) तहको अध्यायन सुरु गर्ने मन्त्री ज्वालाले बताउनुभयो । चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी न्यूनतम दुइ वर्षदेखि कर्णालीमा सेवा गर्दै आएका चिकित्सकलाई उक्त कार्यक्रममा अध्यययनको लागि प्राथमिकता दिइने बजेटमा उल्लेख छ । मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याउनुभएको छ । विनियोजितमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लख २१ हजार (५७ प्रतिशत) र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) रहेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्