सुर्खेत गुर्भाकोटको क्वारेन्टाइन्मा एकजनाको मृत्यु – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

सुर्खेत गुर्भाकोटको क्वारेन्टाइन्मा एकजनाको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
असार १, सुर्खेत
सुर्खेतको गुर्भाकोट नगरपालिका सात स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृत्यु भएको छ । १३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका आठका ५० वर्षका पुरुषको आज बिहान मृत्यु भएको नगरपालिकाले जनाएको छ । आज बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए ।

त्यतिकैमा उनको मृत्यु भएको नगरपालिकाका उपप्रमुख मैना विकले जानकारी दिनुभयो उहाँका अनुसार मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ । मृत्यु भएका ती व्यक्ति पहिलेदेखि नै क्षयरोगका बिरामी रहेका जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्