गण्डकी प्रदेशले कोरोना महामारीका लागि ल्यायो २ अर्ब ९१ करोड ७६ लाखको बजेट – Kanika Khabar
Friday, March 29Nepali News Portal

गण्डकी प्रदेशले कोरोना महामारीका लागि ल्यायो २ अर्ब ९१ करोड ७६ लाखको बजेट

    मा प्रकाशित

कनिका संवाददाता
असार १, पोखरा ।
गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ ।

सरकारले कोभिड–१९ बाट मारमा परेकाहरुको रक्षाका लागि १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको पनि घोषणा गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै २ अर्ब रुपैयाँ बराबरको कोरोना विशेष कार्यक्रम ल्याउन लागेको घोषणा गर्नुभएको हो । कोरोनाको मारमा परेका व्यवसायी र रोजगारी सिर्जनाका लागि मापदण्ड बनाएर कोष सञ्चालन गर्ने अर्थमन्त्री गुरुङले बताउनुभयो ।

उद्योग व्यवसायलाई जोगाउन र टिकाउन मापदण्डका आधारमा कोषको रकम खर्च गर्ने उहाँले बताउनुभयो । कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई रोजगारी दिन सरकारले १८ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ । कोरोनापछि स्वरोजगार बनाउन व्यावसायिक तालिमका लागि १९ करोड रुपैयाँ विनियोजन गरेको गुरुङले जानकारी दिनुभयो ।

कोभिड लक्षित कृषि कार्यक्रमका लागि १८ करोड र पर्यटनमा ५ करोड रुपैयाँ बिनियोजन भएको छ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउँदै उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने गण्डकी प्रदेश सरकारले घोषणा गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्