हिमालय एयरलाइन्सको भाडादर र टिकेटिङ एजेन्टको सूची सार्वजनिक – Kanika Khabar
Thursday, April 24Nepali News Portal

हिमालय एयरलाइन्सको भाडादर र टिकेटिङ एजेन्टको सूची सार्वजनिक

    मा प्रकाशित

कनिका डेस्क
असार १, दाङ ।
हिमालय एयरलाइन्सले जुन २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । एयरलाइन्सले सार्वजनिक गरेको तालिकाअनुसार कतिपय उडान नेपाल एयरलाइन्सले तोकेकोभन्दा सस्तो दरमा हुने देखिएको छ भने कतिपय उडान त्यो भन्दा महँगो हुने भएको छ ।

हिमालयले सार्वजनिक गरेको भाडादरअनुसार यूएईको आबुधाबीको भाडा तीन सय ६५ अमेरीकी डलर तोकिएको छ जबकि नेपाल एयलाइन्सले यो गन्तव्यबाट फर्किने यात्रुको भाडादर चार सय ५० अमेरिकी डलर तोकेको छ । कोलम्बो र मालेबाट हुने पहिलो उडानको तीन सय ८० डलर तोकेको हिमालय एयरलाइन्सले कोलम्बोबाट हुने दोस्रो उडानको भाडा चार सय ८० डलर तोकेको छ ।

साउदीको दमममाबाट हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा लिने भएको छ । उसले चार सय ६५ डलर तोकेको छ भने नेपाल एयरलाइन्सले चार सय ३० डलर मात्रै तोकेको छ । सिंगापुर र मलेसिया लगायतका देशको लागि भाडा नेपाल एयरलाइन्सकै बराबर छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्