चीनमा दोस्रो दिन ४९ जना सङक्रमित भेटिए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चीनमा दोस्रो दिन ४९ जना सङक्रमित भेटिए

    मा प्रकाशित

कनिका डेस्क
असार १, दाङ ।
चीनमा दोस्रो दिन कोरोना भाइरसका कारण ४९ जना सङक्रमित भेटिएका छन् ।
चीन सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार चीनमा ४९ जना नयाँ कोरोना सङक्रमित फेला परेकोमा ३६ जना राजधानी बेइजिंगका छन् । बेइजिंगमा लगातार दोस्रो दिन कोरोना भाइरसका कारण सङक्रमितको संख्या ३० को दरले थपिएको छ । यसअघि शनिवार पनि ३० जना कोरोना सङक्रमित फेला परेका थिए ।
समाचार संस्था एएफपीका अनुसार बेइजिंगको हेडियान क्षेत्रमा थोक बजारबाट सङक्रमणफैलिएको भन्दै बजार र अन्य क्षेत्रलाई बन्द गरिएको छ । चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको सङक्रमणपछिल्लो समय राजधानी बेइजिंगमा फैलिन थालेपछि त्यहाँ दोस्रो चरणको महामारीको आशंका गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्