दाङमा चार जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङमा चार जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि

    मा प्रकाशित

विवेक खड्का

असार १, दाङ ।

घोराही उपमहानगरपालिकामा कोरोना व्यवस्थापनमा खटिएका चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ४६ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका वडा नं. ३ का ४८ वर्षीय पुरुष तथा घोराही उपमहानगरपालिका वडा नं. ४ का ५७ वर्षीया महिला र घोराही ४ कै ३१ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि दाङको लमही नगरपालिकामा १ र राप्ती गाउँपालिकामा १ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । योसँग दाङमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ६ पुगेको छ ।

यसैबीच कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका दाङका दुई स्वास्थ्यकर्मीसहित १२ जना सोमबार डिस्चार्ज भएका छन् । कोरोना विषेश अस्पताल बेलझुण्डी आइसोलेसनमा भर्ना भएकामध्ये दुई जना स्वास्थ्यकर्मीसहित १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । गढवा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको जनता माध्यामिक विद्यालयमा सञ्चालित क्वारअन्टिनमा कार्यरत रहेका बेला कोरोना संक्रमण देखिएपछि लमही १ का ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका ८ का ३६ वर्षीय स्वास्थ्यकर्मी आइसोलेसनमा भर्ना भएका थिए ।

भर्ना भएको १५ दिनपछि कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि अस्पतालबाट उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्