प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट

    मा प्रकाशित

कनिका खबर
असार १, दाङ ।
आज सबै प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷०७८ को बजेट सार्वजनिक गरेका छन् । यसैक्रममा प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोडको बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब ३५ करोड २५ लाखको बजेट पेस गरेका हुन् । बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार विजियोजन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्