मा प्रकाशित
कनिका खबर
असार १, दाङ ।
आज सबै प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷०७८ को बजेट सार्वजनिक गरेका छन् । यसैक्रममा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार विनियोजन गरिएको छ ।
त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८।८८ प्रतिशत बजेट विनियोजन भएको छ ।