आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    मा प्रकाशित

माघ २६, दाङ ।
आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग लगायत बाँकी पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली हुने अनुमान छ ।

 

बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश तथा प्रदेश नम्बर १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्