प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट

    मा प्रकाशित

कनिका खबर
असार १, दाङ ।
आज सबै प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷०७८ को बजेट सार्वजनिक गरेका छन् । यसैक्रममा प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ ।

यो बजेट चालू आर्थिक बर्ष २०७६र७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख रुपैयाँ कम हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, पूँजीगततर्फ १७ अर्ब, ९७ करोड ८२ लाख, ९१ हजार तथा वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्