विश्व कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २३ लाख बढी सङ्क्रमित थपिए – Kanika Khabar
Sunday, May 19Nepali News Portal

विश्व कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २३ लाख बढी सङ्क्रमित थपिए

    मा प्रकाशित

माघ २८, दाङ ।
विश्वभर कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख नयाँ सङ्क्रमित थपिँदा २५ लाख ५९ हजार निको भएका छन्।

भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४० करोड ५९ लाख नाघेको छ। जसमध्ये ३२ करोड ५७ लाख निको भएका छन् भने ५८ लाख ६ हजारको मृत्यु भएको छ।

पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले ९ हजार ९ सयको मृत्यु भएको छ। अझै पनि ७ करोड ४४ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव १ प्रतिशत अर्थात् ८९ हजारको अवस्था जटिल रहेको छ। अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्