दाङ आगलागी अपडेट : पाँच जनाकाे मृत्यु – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङ आगलागी अपडेट : पाँच जनाकाे मृत्यु

    मा प्रकाशित

दाङ , २८ माघ । दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागी परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन बकस, १४ बर्षिय हसन बकस र १२ बर्षिया साजिता खातुन रहेकोप्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

गएराती दुई बजेतिर भएको आगलागी हुदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको उहाले जानकारी दिनुभयो । आगलागी घटनाबाट ३८ बर्षिय अमर डाँगीको सकुशल उद्धार गरिएको उहाले जानकारी दिनुभयो ।अझै आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छैन ।अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उहाले बताउनुभयो । आगलागीका कारण ठुलो मानविय संगै करोडौ मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्