एमालेलाई बहुमत ल्याउन गठबन्धनले असर पार्दैन :ओली – Kanika Khabar
Sunday, May 19Nepali News Portal

एमालेलाई बहुमत ल्याउन गठबन्धनले असर पार्दैन :ओली

    मा प्रकाशित

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एमालेले बहुमत ल्याउने दावी गरेका छन् । सत्तारुढ गठबन्धन देशलाई प्रतिगमनसम्म पुर्याउने गठबन्धनका रुपमा बताउँदै उनले अबकाे निर्वाचनमा एमालेले बहुमत लिने बताएका हुन् ।

स्थानीय तह निर्वाचन केन्द्रित एमालेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई प्रतिगमनमा पुर्याउनेहरु नै गठबन्धनमा रहेको बताए । साथै स्थानीय तहको चुनाव गराउन नचाहने शक्ति पनि त्यही गठबन्धन भित्रै रहेको बताए।

‘मुलुकको अग्रगतिमा जानका लागि समस्या खडा गर्नेहरु यही गठबन्धनमा छन्, चुनाव नचाहनेहरु पनि गठबन्धनमा छन्,’ ओलीले भने ‘चुनाव नगर्ने र नगराउन खोज्नेहरु पनि गठबन्धनमै छन् अनि स्थानीय तहलाई रिक्त राख्न खोज्नेहरु पनि यही गठबन्धनमै छन् ।’

उनले वैशाख ३० मा घोषणा भएको निर्वाचन मिति एमालेको लागि ठूलो उपलब्धी रहेको बताए । उनले एमालेकै दबाबका कारण सरकारले चुनावको मिति घोषणा गरेको बताए । वर्तमान सरकार स्थानीय तह प्रति सकारात्मक नरहेकोसमेत ओलीले बताए ।

‘सरकार र सरकारमा रहेका गठबन्धनकारीहरुले स्थानीय तहलाई सकारात्मक रुपमा लिन सकिरहेका छैनन्,’ ओलीले भने ।
यसैगरी उनले सबै निर्वाचनमा आफ्नो बहुमत आउने दाबी गरे । तर गठबन्धनलाई तोडेर नभई गठबन्धन कायमै रहेपनि एमालेको बहुमत आउने दाबी गरे । तर निर्वाचनबाट कोही पनि भाग्न नपाउने ओलीको भनाई छ ।

‘चुनावबाट कोही पनि भाग्न पाउने छैन,’ उनले भने ‘मत पत्र च्यात्ने, धाँधली गर्ने सपना पनि कसैले नदेखे पनि हुन्छ ।’
यसैगरि उनले एमालेबाट अलग्गीएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमै फर्कनसमेत आग्रह गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्