कनिका खबर
असार १, दाङ ।
भारतीय उच्चायोगका दुई जना अफिसरहरु पाकिस्तानको इस्लामाबादमा प्रक्राउ परेका त्यहाँको संचार माध्यमले जनाएका छन् ।
आफ्ना अफिसरहरु प्रक्राउ परेको खवर लगत्तै आफ्ना अधिकारीहरुलाई कुनै कष्ट नपुर्यायन र कुनै सोधपुछ समेत नगर्न भारतले पाकिस्तालाई कडा चेतावनी दिंदै पाकिस्तानी उच्चायोगलाई पत्र पठाएको छ ।
भारत सरसकारले पक्राउ परेका अधिकारीको सुरक्षाको जिम्मा पाकिस्तान सरकारले लिनु पर्ने भन्दै उनिहरुको कार सहित भारतिय दुतावासमा तुरन्त पठाउन भनेको छ ।
इस्लामाबादमा भारतीय दूतावासका दुई अधिकारी बेपत्ता भएको खबर आज बिहान ८ः३० बजेतिर प्राप्त भए पश्चात भारतीय विदेश मन्त्रालयले पाकिस्तानलाई तुरुन्तै ती दुई अधिकारीहरूको खोजी गर्न भनेको थियो । बेलुका हिट एन्ड रन प्रकरणमा यी अधिकारीहरू इस्लामाबादमा पक्राऊ भएको खबर आएको हो । इस्लामाबाद पुलिस स्रोतका अनुसार ती अधिकारीको गाडीले एक पैदल यात्रीलाई ठक्कर दियो र त्यसपछि भाग्न खोजेको थियो।
यस अघि १ जूनमा, दिल्ली पुलिसले पाकिस्तानी दुतावासका दुई अधिकारीहरुलाई जासूसी गरेको आरोपमा पक्राउ गरेको थियो र ती अधिकारीहरुलाई २४ घण्टा भित्र भारत छोड्न निर्देशन दिएको थियो भने उनीहरु पनि निर्धारित समयसिमा मै भारत छोडेका थिए ।