प्रधानमन्त्री शाहले युरोपेली देशका राजदूत तथा मिसन प्रमुखसँग मंगलबार छलफल गर्दै – Kanika Khabar
Monday, May 25Nepali News Portal

प्रधानमन्त्री शाहले युरोपेली देशका राजदूत तथा मिसन प्रमुखसँग मंगलबार छलफल गर्दै

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग  संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले मंगलबार बिहान ११: ३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्