गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय २३ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय २३

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखामा १० जना, स्याङजामा ४ जना, नवलपरासी पूर्ब सुस्तामा २ जना, कास्की र बाग्लुङमा १÷१ जना गरी थप १८ जना सङ्क्रमित फेला परेका छन् ।
गोरखा नगरपालिकाका वर्ष ३२, ३५, २१, २६, ५३, २९ र २५ का ७ पुरुष र ३१ वर्षीय १ एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । स्याङजाको चापाकोट नगरपालिकाका वर्ष १८, १८, ३५ र ३९ का ४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)को बिनयत्रिबेणी गाउँपालिकाका १८ वर्षीय एक पुरुषमा र मध्यबिन्दु नगरपालिकाका वर्ष १९ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ का १ जना पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्