विदेशमा अप्ठयारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सुरु – Kanika Khabar
Monday, April 21Nepali News Portal

विदेशमा अप्ठयारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सुरु

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
बन्दाबन्दीका कारण विदेशमा अप्ठयारोमा रहेका नेपालीहरुलाई सरकारले स्वदेश फर्काउन सुरु गरेको छ । लकडाउनका कारण ८ वटा देशमा अलपत्र परेका नेपाली आजदेखि काठमाडौं ल्याउने भएको छ ।
हिमालय एयरलायन्समार्पत पहिलो चरणमा आज श्रीलंकाको राजधानी कोलम्बो र माल्दिभ्सको राजधानी मालेबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार ठूला जेट विमान उडाउँदै आएका नेपालका दुइटा वायुसेवा कम्पनीलाई २० वटा मुलुकबाट नेपाली नागरिकलाई असार ११ सम्म चार्टर उडानबाट ल्याउन अनुमति दिएको थियो । मन्त्रालयको त्यो निर्णयअनुसार, नेपाल वायुसेवा निगमले आइतबार पहिलो उडान बंगलादेशबाट गरिसकेको छ । एयर बस कम्पनीका चारवटा न्यारोबडी विमान भएको हिमालयको आज काठमाडौंबाट हुने पहिलो चार्टर उडान कोलम्बो, माले हुँदै स्वदेश फर्किने छ । यी दुई मुलुकबाट १ सय ५८ नेपाली फर्किने छन । भोलि बुधबार बंगलादेशको ढाका, सिंगापुर, कम्बोडियाबाट पर्सी मलेसिया र साउदी अरबियाको दमामका लागि दुई वटा उडान हुनेछन । हिजो ओमानमा करार अवधि समाप्त र रोजगारविहीन भएका एक सय ६६ जना नेपालीलाई नेपाल ल्याइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्