कनिका खबर
असार २, दाङ ।
दाङको एक क्वारअन्टिनमा बिहे भएको छ । दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वारअन्टिनमै अन्तरजातीय विवाह गरेका हुन् ।
घोराही उपमहानगरपालिका –१८ मा रहेको बेलघारी क्वारअन्टिनमा बसेका घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका –५ की २१ वर्षीया सीता चौधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको थियो । भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताउनु भयो। ‘उनीहरु माया प्रेममा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको हुँ’, वडाध्यक्ष अर्यालले भन्ने । आफूले पिसिआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नो संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराइदिएको उनले जानकारी दिए ।
मा प्रकाशित