आज ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्हरुको सुझाव – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

आज ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्हरुको सुझाव

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
आज देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश ५ को गुल्मीदेखि पूर्व अधिकांश स्थानमा हिजो रातिदेखि नै वर्षा भइरहेको छ भने आज पनि ठूलो वर्षाको सम्भावना छ । आज गुल्मीदेखि पूर्वका सबैजसो क्षेत्रमा वर्षा तथा ५ नम्बरदेखि पूर्व सबै प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मौसमविद् कँडेलका अनुसार यी क्षेत्रमा आज बाढी आउने, पहिरो जाने, यातायात अवरुद्ध हुने खतरा छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ । काठमाडौं उपत्यकामा पनि गएराति देखि नै वर्षा भइरहेको छ भने आज दिउँसो यहाँ पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्को अनुमान छ । आज विहानको मौसम पूर्वानुमान अनुसार देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्