आज छैठौँ निर्वाचन दिवस : विभिन्न कार्यक्रम गरी मनाइने – Kanika Khabar
Thursday, May 16Nepali News Portal

आज छैठौँ निर्वाचन दिवस : विभिन्न कार्यक्रम गरी मनाइने

    मा प्रकाशित

फागुन ६, दाङ ।
निर्वाचन आयोगले आजबाट छैठौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने नाराका साथ दिवस मनाउन लागेको हो । २०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवस यसवर्ष फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन पनि सरोकारवालालाई अनुरोध गर्नुभएको छ ।
यसैबीच राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन ओटा राजनीतिक दल दर्ता भएको छ ।

तीन ओटा दल थपिएसँगै आयोगमाहालसम्म दर्ता हुने राजनीतिक दलहरूको सङ्ख्या १०६ पुगेको छ ।
निर्वाचनका लागि मतपत्र छपाइ गर्न आवश्यक पर्ने को स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी इ–विडिङको माध्यमबाट खरिद प्रक्रिया समेत अघि बढाइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
मतदान केन्द्रमा प्रयोग हुने बिभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेसन आयोगबाट स्वीकृत भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्