गठबन्धन सङ्कटमा : बालकोटबाट बालुवाटार हिँडेका प्रधानमन्त्री फेरि फर्किए बालकोट – Kanika Khabar
Monday, May 20Nepali News Portal

गठबन्धन सङ्कटमा : बालकोटबाट बालुवाटार हिँडेका प्रधानमन्त्री फेरि फर्किए बालकोट

    मा प्रकाशित
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा । तस्बिर : विष्णु रिजाल

 कनिका डेस्क
फागुन ५, दाङ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बालकोट पुगेका प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग वार्ता सकेर बाहिरिएका थिए । बालकोटबाट बालुवाटारका लागि हिँडेका प्रधानमन्त्री फेरि बालकोट फर्किएका छन् । उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएका हुन् ।
अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन् । बालकोटमा भेला भएपनि एमालेका अन्य नेताहरु भने बैठकमा सहभागी छैनन् ।

एमसीसीका विषयमा छलफल गर्न आज बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा सहमति नजुटेपछि राजनीति वृत्तमा फरक तरङ्ग देखिने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठक २ घण्टा बढी समय बसेको थियो । बैठकमा समस्याको गाँठो फुकिनेभन्दा झन नयाँ नयाँ गाँठो पर्न थालेपछि सत्ता गठबन्धनमा खटपट आउने सङ्केत देखिएको छ ।
गठबन्धनको बैठकले झन नयाँ सवाल उब्जाएपछि सहमतिका लागि हरप्रयास गर्दा पनि सहमतिको वातावरण जुट्न सकेन । नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अझै सदनमा टेबल नगर्ने अडान राखेका छन् । सदनको अबरोध हटेपछि मात्र एमसीसी टेबल गर्न सहमत हुनेमा केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको अडान रह्यो ।

दुई घण्टा लामो परामर्शमा सहमति नभएपछि बैठक टुङ्गाएर प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री देउवा श्रीमती आरजु राणासँगै ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्री देउवाको बालकोट संवादलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ ।

प्रधानमन्त्री देउवा बालकोट हिँडे लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गरेको ट्वीटले गठबन्धनमा खटपट आउने संकेत गरेको छ । स्वकीय सचिव मल्लले लेखेका छन्, ‘एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न बालकोट पुगेको लेखेका छन् ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्