नेपाली काङ्ग्रेस २ (क) को घुम्ती बैठक सम्पन्न – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

नेपाली काङ्ग्रेस २ (क) को घुम्ती बैठक सम्पन्न

    मा प्रकाशित

No description available.फागुन ११, दाङ ।
नेपाली काङ्ग्रेस दाङ प्रदेश २ (क) को घुम्ती बैठक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नियमित घुम्ती बैठक जिल्लाको घोराही उपमानगरपालिका वडा नं. ४ लक्ष्मीपुरमा सम्पन्न भएको हो ।

आज बुधबार बसेको बैठकले पार्टी अगुवा कार्यकर्ताहरुका लागि प्रशीक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै काङ्ग्रेस क्षेत्र नं. २ मा मनोनित भएका क्षेत्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ ।

बैठकले पार्टीलाई सुदृढीकरण गर्दै लैजानका लागि कार्य विभाजन गरेको छ । प्रदेश पदाधिकारी तथा सदस्यहरुले पार्टीका गतिविधिका बारेमा अभिलेख राख्ने र पार्टीले गरेका कामको अनुगमन गर्ने गरी कार्य विभाजन गरिएको हो ।

त्यस्तै आज बसेको बैठकले काङ्ग्रेस महाधिवेशन प्रतिनिधि कमल वली र वडा नं. १३ का पूर्व सभापति रोहित पाण्डेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रदेश सभापति प्रकाश श्रेष्ठको सभापतित्व तथा जिल्ला उपाध्यक्ष गिरीराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा विशिष्ट अतिथि जिल्ला सदस्य भोला अधिकारी, बिमला शर्मा, प्रदेश सदस्य पदमराज शर्मा, युवराज आचार्य, घोराही नगर सभापति तिलक रावत लगायतले सुझाब सल्लाह तथा पार्टी सवलीकरणमा लाग्न आग्रह गरेका थिए ।  त्यस्तै कार्यक्रममा दामोदर शर्मा, ध्रुव केसी, नारायण भण्डारी लगायतले विचार राखेका थिए । बैठकमा प्रदेश सचिव माया देवकोटाले धन्यावाद ज्ञापन गरेकी थिइन् ।
घोराही वडा नं. ४ का इकाइ सभापति नारायण जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्