तुलसीपुरमा नीति कार्यक्रमका लागि सर्वदलिय छलफल, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव – Kanika Khabar
Friday, March 29Nepali News Portal

तुलसीपुरमा नीति कार्यक्रमका लागि सर्वदलिय छलफल, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि ल्याउन थालेको नीति तथा कार्यक्रमका बारेमा छलफल गरिएको छ । यहाँका विभिन्न राजनीतिक दलका प्रमुख र सभासदसँग नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने कुराका बारेमा परामर्श गरिएको हो ।
कार्यक्रममा सुझाव राख्दै प्रदेश सभा सदस्य शंकर गिरीले स्थानीय आवश्यकताको बोध गरेर नीति तथा कार्यक्रम आउनुपर्ने कुरामा जोड दिए । उनले स्थानीय सरकारले सरकार जस्तो नीति तथा कार्यक्रम ल्याउनुपर्ने वताए । अहिलेको मुल आवश्यकता कोरोनाबाट नगरलाई सुरक्षित राख्नुपर्ने भएको भन्दै उनले कोरोना लक्षित वजेटमा ध्यान दिनुपर्ने आवश्यकता रहेको वताए ।
प्रतिनिधि सभा सदस्य बुद्धिराम भण्डारीले बस्ती व्यवस्थापनका ध्यान दिनुपर्ने कुरामा जोड दिए । व्यवस्थित सहर अहिलेको आवश्यकता भएको उनले भने । विदेशबाट आएकालाई रोजगार प्रदान गर्नका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो ।
नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले नीति राम्रो भएर मात्रै नहुने वताउँदै कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । विकासमा समावेशीकरण आवश्यकता भएको उनको कथन थियो । त्यस्तै पूर्व नगरप्रमुखल ढुण्डीराज लामिछानेले फोहोर व्यवस्थापनका लागि जग्गा पहिचान गरेर काम अगाडि वढाउनुपर्नेमा जोड दिए । स्वच्छ नगर सबैको आवश्यकता भएको उनको भनाई थियो ।
यसैगरी कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि रिजालले समावेशिता, समानता र सहभागितामुलक विकासमा सबैले जोड दिनुपर्ने वताए । उनले नयाँ नीतिमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने वताए ।
कार्यक्रममा विषय प्रवेश गराउँदै नगरप्रमुख घनश्याम पाण्डेले सबै पक्षका कुरालाई समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको वताए । उनले सरकार सबैको हो भन्ने अनुभुति दिलाउन आफु कटिवद्ध हुने कुरामा समेत जोड दिए । ‘हामीले महामारीसँग लड्दै विकासलाई अगाडि वढाउनु छ, तथापि चुनौतिका विचमा हामीसँग सम्भावनाहरु पनि प्रशस्त रहेका छन् । ’ उनले भने ।
कार्यक्रममा नेकपाका कृष्णप्रसाद भुषाल, खुसीराम चौधरी, शेसुराम भण्डारी, नेपाली काँग्रेसका भिमवहादुर भण्डारी र जगत खड्का, जनमोर्चाका भरत भण्डारी,जनता समाजवादी पाटीका जीवन भण्डारी, राप्रपाका श्यामलाल पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्