रोटरीद्वारा प्रतिष्ठानलाई सामग्री हस्तान्तरण – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

रोटरीद्वारा प्रतिष्ठानलाई सामग्री हस्तान्तरण

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख १२,दाङ।

रोटरी क्लब अफ दाङले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान पिपिइ र २ वटा थर्मल गन सहयोग गरेको छ । क्लवका पदाधिकारीहरूले शुक्रबार अस्पताल पुगेर पिपिइ र थर्मल गन हस्तान्तरण गरेका हुन् । क्लवका महासचिब प्रदिप मजगैयाले प्रतिष्ठानकी उपकुलपती प्राडा संगीता भण्डारी, अस्पताल निर्देशक डा. सागर पन्थीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उपकुलपती भण्डारीले अस्पतालको इमरजेन्सिका पाँच थान पिपिइ आबश्यक्ता अनुसार प्रयोग गर्ने गरी  सहयोग गरेकोमा उपकुलपती भण्डारिले रोटरी क्लवलाई धन्यवाद ज्ञापन गर्दै याे सङ्क्रमणका बेलामा सहयाेगका लागि अगाडि बढेका सबै सहयाेगी मन र हातप्रति कृतज्ञता ज्ञापन गरिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्