भारतबाट आउनेकै डर : लकडाउनमा चोरबाटो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

भारतबाट आउनेकै डर : लकडाउनमा चोरबाटो

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १२, दाङ ।

केही दिन अघि लमही नगरपालिका वडा नम्बर १ की एक महिला चोरबाटो हुँदै भारतबाट घर आईपुगिन् । लकडाउन अवधिमा भारतबाट नेपाल प्रवेश गरेकी उनले चन्द्रौटाको नाका प्रयोग गरेकी थिईन् । घर आईपुगेपछि उनी बाहिर निस्किनन् । गुपचुप बसेकी उनी बिरामी पर्न थालिन् । गाउँलेहरुले उनको बारेमा थाहा पाए । लुकीछिपी बस्दै आएकी ती महिलालाई ज्वरो आउन थालेछ । उनको यो अवस्थाले गाउँलेहरु डराए । अनि ईलाका प्रहरी कार्यालय अमिलियामा जानकारी गराए ।

‘ती महिला बिरामी समेत परेको भन्ने थाहा पाएपछि हामीहरुलाई डर लाग्यो,’ एक स्थानीयले भने ‘अनी हामीहरु प्रहरीमा पुगेर ती महिलाको बारेमा जानकारी दियौँ ।’ स्थानीयको जानकारी पश्चात प्रहरीले ती महिलाको खोजी ग¥यो । तर तीन दिनसम्म प्रहरीले फेला पार्न सकेन । ‘हामीहरुलाई जानकारी आएको तीन दिनसम्म उनको खोजी गर्यौँ, तर कतै भेट्न सकिएन,’ ईलाका प्रहरी कार्यालय अमिलियाका एक प्रहरीले भने ‘प्रहरीमा जानकारी भएको भन्ने सुनेपछि उनी घरबाटै निस्केको रहिछन् ।’ तीन दिन पछि प्रहरीले ती महिलालाई अमिलिया नजिकैको बाङ्गेताल भन्ने स्थानमा एक व्यक्तिको घरमा रहेको भन्ने पत्ता लगायो । आईतवार ती व्यक्तिको घरमा पुगेको प्रहरीले ती महिलालाई पनि त्यहीँ फेला पा¥यो । बिरामी रहेकी ती महिलालाई कोरोना सङ्क्रमणको आशङ्कामा आईसोलनमा पठाईएको छ । ‘ती महिला र ती महिला बसेको घरका एक ब्यक्तिलाई नियन्त्रणमा लिएर आईसोलेसनमा पठायौँ,’ ती प्रहरीले भने ।

यी महिला मात्रै हैन, भारतबाट चोरबाटो हुँदै केही नेपालीहरु भित्रिएको जानकारी पाएपछि प्रहरीले यस्ता चोरबाटोहरुमा समेत निगरानी बढाएको छ । ‘केही मान्छेहरु भारतबाट आएको भन्ने जानकारी पाएपछि हामीहरु यस्तो चोरबाटोमा खटिएका छौँ,’ ती प्रहरीले भने ‘तर अहिलेसम्म हामीहरुले यस्ता नागरिकहरुलाई फेला पारिसकेका भने छैनौँ ।’

अन्य मुलुकहरुमा हवाई उडान बन्द भएपछि ती मुलुकहरुबाट नेपाली नागरिकको आवागमन ठप्प छ । तर कोरोना संक्रमण बढिरहेको छिमेकी मुलुक भारतका सीमा नाका भने दाङका लागि चुनौती बनेका छन् । यी नाकाबाटै नेपालीहरु पैदल हिँडेरै सहजै आउन सक्छन् ।
अमिलियाकी यी महिलाको घटनाले लकडाउनलाई छिचोलेर भारतबाट नेपाली नागरिकहरु जिल्ला भित्रिएको प्रमाणित गरेको छ । भलै जिल्लाको नाका क्षेत्र बाट भन्दा पनि जिल्ला बाहिरका नाकाबाट यस्ता नागरिकहरु भित्रिएको हुन सक्ने लख काटिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाको सीमा नाका क्षेत्रमा गरिएको सुरक्षा कडाईका कारण दाङको नाका मार्फत भारतबाट प्रवेश गर्ने सम्भावना निकै कम रहेको वताउँछन् । ‘दाङ र भारतको सीमा जोडिएको क्षेत्र सबै जङ्गल क्षेत्र छ,’ उनले भने ‘छिटफूट केही व्यक्तिहरु भौगोलिक बिकटताको फाईदा उठाएर आएको हुन सक्लान् , तर जिल्लाको नाका क्षेत्र प्रयोग गरेर लकडाउन यता कोहि नेपाली प्रवेश गरेको भन्ने सूचना हामीलाई प्राप्त भएको छैन ।’ उनका अनुसार अहिले एक दर्जन नाकामा सुरक्षा व्यवस्था मिलाईएको छ । भारतबाट नेपालीहरु नाका प्रवेश गर्न सक्ने र यसले कोरोनाको संक्रमण बढ्ने खतरा देखेर १३ ठाउँमा सुरक्षा व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् । तर अन्य १३ नाकाहरुमा भने सुरक्षा पहुँच छैन । यी नाकाहरु नेपाली नागरिक भित्रन सक्ने उच्च सम्भावित नाकाहरुका रुपमा मानिएका छन् ।

‘दाङ र भारतको नाका क्षेत्र त्यति चल्तीको नाका मानिदैनन्,अर्को कुरा यी नाका क्षेत्रमा सहज यातायात सेवा नहुनुले पनि यी नाका त्यति प्रयोगमा आएको पाईँदैन’उनले भने ‘यसर्थ पनि दाङबाट भारत जाने तथा आउनेहरुले नेपालगन्ज,कपिलवस्तु, महेन्द्रनगरको बाटोलाई अधिकतम प्रयोग गर्दै आएको अवस्था हो ।’

यी नाका क्षेत्र अहिले पनि दाङका लागि उत्तिकै जगजगी बनेका छन् । यीनै नाका क्षेत्रबाट लुकीछीपी जिल्लामा नागरिकहरु भित्रिएको हुन सक्ने आशङ्का अमिलियाकी महिलाको घटनाले गराईदिएको छ । यसरी लुकेर आउने नागरिकहरु पनि घरमै लुकेर बस्ने भएकाले यस्ता नागरिकहरुको बारेमा केही थाहा हुँदैन । ‘लकडाउन पछि भारतबाट दाङमा नागरिकको प्रवेश भएको भन्ने त्यति ठूलो संख्याको कुरा आएको छैन,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘तर आईसोलेसनमा बस्नु पर्ने डरले कतिपय मान्छेहरु घरभित्रै बसेको पनि हुन सक्लान्, तर चल्तीका बाहिरी नाकाबाट पनि दाङमा त्यति ठूलो संख्यामा मान्छेहरु आएको भन्ने जानकारी कहीँकतैबाट आएको छैन ।’ साथै उनले यस्ता व्यक्तिहरुको बारेमा निगरानी राख्ने काम भैरहेको बताए । भारतले समेत लकडाउनमा कडाई गरेका कारण त्यहाँबाट सहजै आउने अवस्था नरहेकाले पनि भारतबाट आउन सहज भने नभएको रिजालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्