आईओएमको डीनमा डा. दिव्या सिंह शाह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आईओएमको डीनमा डा. दिव्या सिंह शाह

    मा प्रकाशित

कनिका संवाददाता
आसार ३, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्ले डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन् ।

बुधबार नै प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्